Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर

काठमाडौं : अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको सिनेमा ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ । पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो । अब यो सिनेमा माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ।

सिनेमा निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। सिनेमाको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ सिनेमा पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।

सिनेमा निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्) ले जय ‘एक्टर: टेक वन’ र जय नेपाली सिनेमा भन्दै सिनेमा प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।