Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कर्मा’ बाट एक्सन भुमिकामा देखिदै बिपिन

काठमाडौं : एक्सन जनारामा सिनेमा ‘कर्मा’ निर्माण हुने भएको छ । शुक्रबार निर्माणपक्षले अभिनेता बिपिन कार्कीलाई अनुबन्धित गराउदै सिनेमाको घोषणा गरेको हो ।

अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले सिनेमामा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

सौरभ चौधरीले निर्देशन गर्ने यो सिनेमामा उनको आफ्नै कथा रहनेछ । निर्देशक चौधरीको यो तेस्रो निर्देशन हो ।आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन् ।

मङ्सिर दोस्रो सातापछि छायांकन सुरु हुने यो सिनेमाको निर्माण घोषणा सङ्गै निर्माणपक्षले प्रदर्शन मिति चैत २९ लाई तोकेको छ ।