Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘एक्टर’को गीत ‘दिन बित्ला’ : दर्शकलाई मोहित बनाउने प्रदीप र दिब्याको केमिस्ट्री

काठमाडौं : सिनेमा ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ । रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ, शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन् । शैलेन्द्र प्रधान (बाबु)ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ।

शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा  नायक प्रदिप खड्का र नव-अभिनेत्री दिव्या रायमाझी आकर्षक शैलीमा देखिएका छन् । गीतको भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ ।

सिनेमालाई राजन भुसालले निर्देशन गरेका छन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसाल स्वयंको रहेको छ । प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो सिनेमा अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो। निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायाङ्कन गरेको यो सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन्, र शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् । पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् भने रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको छ । द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।