Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मिसिङः केटी हराएको सूचना’ पोस्टर : रेलको लिकमा नाजिर र सृष्टि

काठमाडौं : आगामी कार्तिक ३० गते रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।

पोस्टरमा रेलको लिकमा सिनेमाका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ ।

यो सिनेमामा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन गरेका हुन् । दीपेन्द्रकै निर्माण रहेको सिनेमामा उनकै स्क्रिप्ट लेखन छ ।

सिनेमामा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाहको विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व,  दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

सिनेमाको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ । म्युजिक नेपाल डिजिटल पार्टनर रहेको सिनेमा एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।