Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विकास बोर्डबाट विदा भए भुवन

काठमाडौं : अभिनेता भुवन केसी चलचित्र विकास बोर्डबाट विदा भएका छन्। उनी आफ्नो दुई वर्षे कार्यकाल सकेर वोर्डको अध्यक्षबाट विदा भएका हुन्। भुवनको विदाईको लागि चलचित्र विकास बोर्डले बिहीबार एक विशेष कार्यक्रमको समेत आयोजना गरेको थियो।

कार्यक्रममा भुवनको कार्यकालमा भएका उपलब्धिहरु समेटिएको किताब समेत सार्वजनिक गरिएको थियो। विदाई कार्यक्रममा भुवन भावुक देखिएका थिए। उनले भावुक हुँदै आफ्नो कुराहरू एवम् अनुभव समेत सुनाएका थिए।

आफ्नो कार्यकालमा सरकारी निकायबाट सोचेजस्तो सहयोग नभएको समेत भुवनले कार्यक्रममा दुखेसो व्यक्त गरे। आफू विदाई भएर गएपनि बोर्डलाई सदैव दत्तचित्त भएर साथ दिने बताए।

वि.सं. २०७९ साल साउनको ९ गते भुवन विकास वोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले आफ्नो कार्यकालमा धेरै आलोचना खेपेका थिए। यद्यपि आफ्नो कार्यकाल उपलब्धिमुलक रहेको भुवनले अनुभव सुनाउँदै विदाई भएका थिए।