Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बाचुन्जेल पूजारको जीवन कहिल्यै सहज भएन : विकास सुवेदी

काठमाडौं : बुद्ध जयन्ती अर्थात जेष्ठ १० गते दुई सिनेमा हलमा लाग्दै छन् । पूजा शर्माको एक्सन रहेको भनिएको सिनेमा ‘दान्वी’ पछि सरे सङ्गै उक्त दिनमा दुई सिनेमा आउने पक्का भएको हो । सिनेमा ‘पुजार सार्की’ र ‘फर्की फर्की’ आउँदै गर्दा सिनेजगतमा भने नायकहरु बिचको लडाई भन्दै चर्चा भैरहेको छ । यस्तोमा ‘पूजार सार्की’ सिनेमाका लेखक विकास सुवेदी भने सिनेमाको जुधाई भन्न नहुने तर्क राख्छन् ।

उनका अनुसार जुधेकै चर्चा गर्ने हो भने सिनेमा नायक मात्रैको होईन । निर्देशकको, लेखकको र अन्य सबैको हो । यस्तोमा जुधेको चर्चा गर्ने हो भने लेखक जुधे या निर्देशक जुधे किन भनिदैन भन्छन् उनी । त्यसैले उनी सिनेमा जुधेको स्विकार्न चाहदैन् ।

म्युजिक भिडियो निर्देशनमा रमाईरहेका विकासको लेखन रहेको पहिलो सिनेमा ‘प्रकाश’ हो । तर, उनको दिमागमा भने ‘प्रकाश’ भन्दा अघि नै सिनेमा “पूजार सार्की” को कथा बनेको थियो । ठूलो लगानीमा मात्रै बन्ने सिनेमामा उनले रिस्क लिन चाहेनन् । अनि ‘प्रकाश’ बन्यो । आर्थिक रुपमा सामान्य मात्रै भए पनि समीक्षक, सिने जगत र हलमा आएका दर्शकले सिनेमा मन पराए । साथै प्रदीप खड्कालाई पनि भर्सटायल अभिनेताको रुपमा यही सिनेमाले स्थापित गर्यो ।

विकासको गाउँमा एक पूजार भन्ने व्यक्ती बस्थे । उनको नामले कलिला विकासलाई अचम्मित बनाउथ्यो । जिज्ञासा मेट्न उनले आफ्ना बालाई पूजारको नाम बारे जिज्ञासा राखे । ब्राह्मण घरानाका उनले सार्की महिलासंग विवाह गरेको कारण उनको थरमा सार्की जोडिएको र नाम नै पूजार सार्की बन्न गएको सत्यता विकासले थाहा पाए । उक्त समयमा घरानिया मानिने परिवारमा पूजार, घर सङै प्रसस्त जमिन अनि त्यस्तै उब्जनी पनि । तर, उनी भने चौरको एक कुनामा सानो झुपडी बनाएर बस्न बाध्य थिए । बाचुन्जेल पूजारको जीवन कहिल्यै सहज भएन ।
जीवन र जगत बारे बुझ्दै जादा विकासलाई पूजारका कुराले घचघच्याउने गर्थ्यो । जब उनी सिनेमा लेख्न सक्ने भए उनले यही विषय माथी लेखे पनि । लेखन सिर्जनामा सर्जकको पहिलो रोजाई आफू र आफ्ना कथा नै बन्ने गर्छन । त्यसैले विकासले कास्किकोटको कथा त्यो पनि आफैले देखेको पात्रमा आधारित रहेर छाने र लेखे ।

आर्थिक रुपमा सिनेमाले लगभग लगानी उठाईसकेको छ । यस पटक विकासलाई आर्थिक पाटोले खासै पिरोलेको छैन । ‘प्रकाश’ पनि असफल नै त भएको होइन भन्दै उनले तर पनि आफुले काम गरेको सिनेमाले राम्रो व्यापार पनि गरोस भन्ने लाग्ने बताए । ब्यापारको कुरा आए पछि उनले प्रकाश पछि उनलाई ब्यवसायिक सिनेमा बनाउने मेकरले सम्पर्क नगरेको पनि सम्झिए । बजारले व्यापार खोज्ने भएको कारण आफू त्यस्ता सिनेमाको तयारीमा रहेको पनी चर्चा गरे । उनले छक्का पन्जा समूह संग सहकार्य गर्ने सम्भावना रहेको पनि खुलाए । उनले लेखेको सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले अभिनय गरेका छन् । यी तिनै जनासंगको विकासको निकटता पनि राम्रो नै छ । अब उनको कथामा यी तिनले कस्तो काम गरेका छन् त्यो हेर्न भने जेष्ठ १० कुर्नुपर्ने हुन्छ ।