Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पुजार सार्की’को छायांकन सुरु, कास्कीकोटमा गरियो मुहूर्त

काठमाडौं : तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय रहने सिनेमा ‘पुजार सार्की’को शुभ मुहूर्त सँगै छायांकन सुरु गरिएको छ । मंगलवार कास्कीकोटमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको थियो । सिनेमाको छायांकन पनि सोही गाउँमा हुनेछ । जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको यो सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

सिनेमामा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्ख भूमिका रहनेछ । सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

सिनेमालाई संगीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन सिनेमामा संगीत दिएका भुसालले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । यो सिनेमाका लागि पनि निर्माता भुसाल आफैले संगीत तयार गरेका छन् । किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने सिनेमामा दिनेश राउतको निर्देशन रहेको छ ।