Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘मोदीबेनी’को शुभमुहूर्त सङ्गै छायांकनमा, मुख्य अभिनेत्रीमा वर्षा

काठमाडौं : मंगलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै सिनेमा ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै सिनेमा युनिट छायांकनमा निस्किएको छ ।

यस सिनेमामा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् ।

यस सिनेमाबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । अभिनेता सरोज खनालले पनि सिनेमामा प्रमुख भूमिका निभाउने छन् ।

सिनेमामा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् छनोट गरिएको हो ।

सिनेमाका निर्देशक शङ्कर कोइरालाले यो सिनेमा पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो सिनेमालाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । सिनेमामा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो सिनेमाले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

सिनेमामा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।