Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भिडियो पसलमा ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ रिलिज

काठमाडौं : व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई सिनेमा ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएका छन् ।

नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर सिनेमा रिलिज गरिएको हो । यि दुई सिनेमाहरु अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

दसैँको माहौल पनि रहेको साथै विदेशमा रहनु हुने दर्शकहरूबाट ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ को माग निकै उच्च रहेकोले सिनेमा रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउछ्न् ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरि सिनेमा हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखि ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई फोरके गुणस्तरमा पनि सिनेमा हेर्न सकिन्छ । उपलब्ध सिनेमाहरु विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ । 

यता कलाकार तथा निर्माता समेत रहेका दिपक राज गिरी र दिपा श्री निरौला पनि सिनेमा छक्का पन्जा ४ हेर्न दर्शक निकै नै आतुर रहेको बताउछ्न् । हरेक दिन जसो सिनेमाको डिजिटल रिलिजबारे  प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिन सक्ने हुँदा खुशी व्यक्त गर्दछन् ।

हेमराज विसीले निर्देशन गरेको सिनेमा ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । सिनेमालाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

२०१७ देखि सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका सिनेमाहरू रिलिज भई सकेका छन् । एपमा सिनेमासँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।