Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

छोरीको कारण बदलिएका बिपिन

काठमाडौं : अभिनेता बिपिन कार्कीले आफ्नो सन्तान भए पछि सन्सार हेर्ने नजरिया नै बदलिएको बताएका छन् । उनले पहिलाको आफू र अहिले छोरी जन्मिए पछिको आफू अर्कै भएको स्विकारेका हुन् ।

पहिला मलाई बच्चा बच्ची वास्तै लाग्दैन थियो भन्दै उनले अहिले जनावरको बच्चा पनि आफ्नै जस्तो लाग्ने बताएका छन् । मन नै अर्कै हुने भनेका उनले छोरी माथी नै अवलोकन गर्ने पनि भने ।

पहिला समय पाउना साथ साथीभाई भन्ने उनी अहिले घरमा नै रमाउछन् । दुई दिन सम्म घर नजादैमा छोरी अलिअली भए पनि टाढिएको लाग्छ उनलाई । त्यसैले पनि समय मिल्ना साथ उनी छोरी संगै रहन मन पराउछन् ।