काठमाडौं : झट्ट हेर्दा रिसाहा स्वभाव हो कि जस्तो देखिए पनि उनि सारै मिलनसार छिन् । मन पर्यो भने मन मै राख्छिन् । सिनेमा घरमा चल्दै गरेको “परदेशी २” को प्रचार प्रसारका क्रममा केही दिनको सङ्गैको यात्रामा पाएको स्वभाव हो उनको मैले देखेको ।
“तपाई त “मोनालिसा” झै लाग्छ मलाइ” मज्जैले हाँसिन उनी । उनको अनुहार पढ्दा, कुनै बेला केही इख झल्केको झै आभाष हुन्थ्यो भने केही संकल्प लिएकी छिन् झै पनि लाग्थ्यो मलाइ । समग्र एउटा कलिलो बच्चाको झै अनुहारको प्रतिक्रिया देखिन्छ उनमा ।
त्यही भएर पनि एउटी सालिन, शुन्दर आँखाले धेरै आसय प्रकट गर्ने चरित्रमा “पशुपती प्रसाद”को पहिलो शृङ्खलामा आफुलाइ उभ्याउन सफल भइन् ।
उक्त सिनेमाको दोश्रो शृङ्खलामा किन केमियो ? “म त अब दर्शक कि भैसके । सार्वजनिक मान्छे भएकोले सिने समाजले जुन रुपमा लिन चाहन्छ त्यसैलाइ स्विकार गर्ने हो। मैले भाग खोज्नु मेरो भुल भै गो नि ?” मैले फेरि सोधे “मान्छेको स्वभाव त लोभी हुन्छ नि त ? ” “म लोभ पालेर आफुलाइ कष्ट दिन चाहन्न । दुँनियाले जसरी जुन रुपमा हेर्न चाहन्छ म त्यसरी नै आफ्नो सिनेमाको चरित्रमा पेस हुने हो । म त सामाजिक कलाकार हु”।
चाहिने बोल्छिन उनी । बोल्नु पर्ने ठाउँमा बोल्छिन, आवश्यक छैन भने बोल्दिनन् । थोरै मुस्कुराउछिन “मोनालिशा” झै । कतिले त भन्लान पनि अलिकती घमण्ड पनि छ उनमा, तर त्यो सङ्ग उनलाइ कुनै सरोकार छैन। “मलाइ देखावटी मुस्कान दिएर सेम्पेथी गेन गर्नु नै छैन। ठान्नेहरुले जसरी बुझे पनि म आफै लाई थाहा छ म कस्ती छु।” थोरै आदर्शपुर्ण उत्तर पाए पछि म एक छिन् चुप लागेको थिए ।
“मलाइ जुनि जुनि तिम्रै हुन मन छ” ! वर्षा सिवाकोटी र सिनेमाको सम्बन्ध पनि यस्तै होला सायद । भन्छिन “थकाइ नलागुन्जेल यसै क्षेत्रमा समय खर्चिने हो।”
“नाइ नभन्नु ल २” मा केमियो भुमिका को दृश्य समाप्ती पछि, त्यस पछिको यात्राको लागि आफुलाइ त्यो बेला कसरी सम्झनु भएको थियो ?” मैले सोधे उनको उत्तर थियो : “आफुलाइ क्यामरामा कस्तो देखिन्छ ? त्यसपछी दर्शकको नजरमा बस्न सक्छु सक्दिन ? सिनेमा बजारले पत्याए पछि बल्ल उभिने हो यो ठाउँ भनेको । उत्साह त पक्कै थियो सानै भुमिका भए पनि प्रतिक्रियाको पर्खाइमा थिए फलत: अहिले यहाँ छु ।
“परदेशी २” को प्रदर्शन, दर्शक र उहाँहरुको प्रतिक्रिया बुझ्न भनेर सनिवार एका बिहानै सिनेमाको कार्यालयमा समय मै पुगेकी तिनै अभिनेत्री लाई मैले अर्को चरणमा प्रश्न गर्दा पाएको उत्तर थियो यो ।
केही कलाकार आउन बाकीँ नै थियो मैले अगाडि सोधे:
पछिल्लो पटक तपाईंलाई लिएर धेरै गसिप बने कसरी खण्डन गर्नु हुन्छ ? त्यो बजारको रङ्ग रोगन थ्यो कि तपाइको इच्छा ?
“नाइ नाइ अरुले गर्दिनु हुन्छ , मलाइ त्यस्तो हल्लाको पछि लाग्नु नै छैन् । यस्तो के ! म कसै सङ्ग ब्यक्तिगत लेबलमा गएर सम्बन्ध बनाउदिन । हाम्रोमा त ग्रुपिज्म लेबलमा गएर त्यस्तो गर्ने प्राक्टिस छ नि हैन ? थोर बहुत त तपाइलाइ नि थाहा होला । म त्यो कतैमा पनि पर्दिन । त्यस्ले गर्दा मेरो बारेमा मान्छे लाई “अज्युमसन” गर्न सजिलो भइदियो । जस्तै: अहिले मेरो ब्यक्तिगत जीवन कसैलाइ पनि थाहा छैन । मैले भन्ने कुरा पनि भएन।
आज म जस्तो छु , सधै यसरी नै बसिरहने हो । भरसक ब्यक्तिगत कुराहरु बाहिर न आओस भन्ने चाहन्छु । तर भैदिन्छ के भने, मेरो दाइलाइ कसैले पनि देखेको छैन मिडियामा । म उहाँ सङ्ग कतै देखिए भने ए आज फलानो त एउटा केटा सङ्ग हिडिरहेको थ्यो नि । ब्याइफ्रेन्ड हो कि के हो? यो तरिकाको “अज्युम्सन” चाहिँ धेरै भइदियो। यति सम्म कि मेरो ड्राइभर सङ्ग पनि शङ्का गर्ने ! अत्ति के । मेरो खराब बानी भनौ या के? यस्ता कमजोर मानशिक्ताबाट जन्मिएका समाचारहरुको कुराको स्पष्टीकरण दिदै हिन्दिन म । कतिले सोध्नु भए भन्दिन्छु, नसोध्नेहरुले मनको लड्डु घिउ सङ्ग खाइदिनु हुन्छ । कतिलाइ सम्झाउदै हिड्नु हैन भन्नुहोस् त । गसिप भन्दा पनि “अज्युम्सन” धेरै हुन्छ मेरो मा ।
बजार ले त वर्षा धेरै महत्वाकांक्षी छ भन्छन् नि ?
“त्यही स्वभाव ले गर्दा खेरी हो । सबै सङ्ग ब्यबसायिक सम्बन्ध मात्र राखौ भन्छु म । काम हुदा भेट र कुरा भइ हाल्छ अरु बेला किन खोजिरहनु पर्यो हैन ? काम पर्दा मात्र वास्ता गर्ने, नत्र नगर्ने भन्ने उहाँहरुको धारणाले मलाइ त्यसो भनेको हुन सक्छ । जुन मेरा लागि माइने राख्दैन।” यो कुरालाइ धेरै खोतली रहन मन लागेन अनि उनको ध्यान अन्तै लगे ।
“परदेशी २” मा आफ्नो चरित्रलाइ न्याय गरे भन्ने लाग्छ ?
हामिले हाम्रो टिमलाई बिश्वास गर्ने हो । उहाँहरुकै निर्देशनमा हामी हिड्ने हो । आफ्नो चरित्रलाइ न्याय गर्न मैले जति सके त्यो मेरो तर्फको प्रयास हो । बांकी त दर्शकले जति दिनुहुन्छ मैले चित्त बुझाउनु पर्छ। एउटा कलाकारको धर्म पनि त्यही हो। सिनेमाका टिमले पनि मलाइ राम्रो गर्नु भएको छ भनेर उत्साह दिनु भएको छ।दर्शकहरुले पनि मेरो चरित्रलाइ स्विकार गर्नु भएको छ। हामिलाइ चाहिने त्यत्ती त हो नि हैन ?
कलाकार र पत्रकार को सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाइलाइ?
“अलिकती दुरि भने राख्नै पर्छ त्यो हाम्रो धर्म हो । हाम्रा गतिला कामहरुलाइ उहाँले प्रोत्साहन गर्ने र कमजोर काममा झकझकाउने हो । हामीलाइ दर्शक सम्म पुर्याउने गतिलो जिम्मेवारी बोक्नु भएको छ उहाँहरुले। हामी बिचमा सामिप्यता त चाहिन्छ नै तर त्यो सामिप्यता मर्यादित र ब्यबसायिक हुनुपर्यो। हाम्रो उद्योग सानो छ अनि सानो सानो कुरा पनि छिट्टै फैलिहाल्छ । यहाँ कोहि सङ्ग, कुनै पनि सम्बन्ध परमानेन्ट (स्थिर) छैन ।
आज म तपाईं सङ्ग छु भोलि अरु कोहि सङ्ग । तपाईं सङ्गको दुरि राख्न सकिन भने खटपट भैहाल्छ अनि अन्त गएर तपाइकै कुरा काट्न थालिहाल्छ । त्यो त राम्रो भएन नि ,हामी सङ्ग यस्तो संस्कार छ। छदाखादाको ब्यबसायिक सम्बन्धमा चिसो आउनु राम्रो हैन् । मिलेर पो बस्नुपर्छ, यति सानो बजारमा । एकले अर्कोलाई “रेस्पेक्ट” त गर्नै पर्छ । तर ब्यक्तिगत सम्बन्ध हावी भयो भने त्यस्ले गलत दिशा निर्माण गर्छ । त्यही भएर हामी बिचमै कसैको न्युज पोजेटिभ मात्र आउने, कसैको नेगेटिभ मात्र आउने, कुनै न्युजमा त केही आउदै नआउने …….।” अन्तिम बाक्यमा लामो हाँसो हासिन । साच्चै भन्ने हो भने त्यसरी हाँसेको पहिलो पटक देखेको हु उनी सङ्गको यात्रामा।
“….त्यस्ले गर्दा, आफ्नो काममा डिस्ट्रब हुने नकारात्मक बिचार ले मन ओगट्ने हुनाले सबै सङ्ग सन्तुलित र मर्यादित सम्बन्ध राख्न पर्छ भन्छु म।”
त्यस्ता कुनै तिता अनुभवहरु पनि छन् ?
“छ नि ! कति जनाले कुरै नबुझी आफ्नै तरिकाले न्युज बनाइदिनु हुन्छ। कति जनाले चाहिँ सत्य समाचार सङ्कलन गरेर लेखिदिनु हुन्छ । तर यहाँ त कसलाई(कलाकार) कस्लाई ( पत्रकार) कति रेस्पोन्स गर्यो र उस्लाइ समाचारमा कति स्पेस दिने भन्ने पनि छ । कामको आधारमा हो नि त समाचारको स्पेस दिने भनेको, हैन? यहाँ त को, को सङ्ग कति नजिक छ त्यो आधारमा समाचार बनाइन्छ । यस्तो सँस्कार त राम्रो हैन नि ।
पहिला पहिला त सोच्थे, किन यसो भयो भनेर ? जवाफमा उहाँहरुले ब्यक्तिगत सम्बन्धलाइ लिएर “तिमिले रेस्पोन्स नै दिन्नौ ! बोल्दै बोलिनौ त्यसैले” भन्ने जवाफ पनि सुनिन्थ्यो। त्यही भएर आज भोलि त कसैले मेरो बारे गलत लेख्यो भने पनि अह कुनै प्रतिक्रिया दिन्न। अहिले चाहिँ म के सोच्छु भने, कुनै एउटा पोर्टलबाट न्युज आइहाले, त्यो कुनै मिडिया( समूह) को धारणा नभएर एउटा ब्यक्ती को हो, जुन कुराले मलाइ केही असर गर्दैन । त्यस्को प्रतिक्रिया दिइरहन पनि आबश्यक ठान्दिन । हाम्रोमा टिम नै बसेर लेख्ने संस्कार छ जस्तो लाग्दैन मलाइ । त्यो एउटा “पर्टिकुलर” मान्छे को धारणा हो त्यो धारणा लाई मैले किन सिरियस्ली लिने? आई ह्याभ मोर ओदर रिजन टु बि ह्याप्पी नि त । कस्ले के गर्दैहुनुहुन्छ? सबै मलाइ थाहा हुन्छ । त्यस्मा म कुनै प्रतिक्रिया दिन्न । किन कि त्यो उहाहरुको ब्यक्तिगत धारणामा जन्मिएको न्युज हो । त्यस्ता समाचार सम्प्रेषण पछि कतिले मलाइ फोन पनि गर्नु हुन्छ, तर म थाहा न पाए जस्तो गरि बसिदिन्छु । त्यस पछि उहाँहरुले के सोच्नुहुन्छ त्यो उहाहरु नै जान्नुहोस ।
पहिला पहिला चाहिँ मेरो नकरात्मक समाचार आउदा मन भारी लाग्थ्यो । तर अहिले चाहिँ एउटा ब्यक्तिको सोच मात्र हो भन्ने थाहा पाएर म आफै हास्छु मात्र। त्यस्लाइ सोचेर बसिरहदिन। मलाइ राम्रो सङ्ग थाहा छ, त्यसरी मसिना असन्तुष्टि हरुलाइ मनमा लिएर यात्रा गर्यो भने मैले मेरो अन्तिम बिन्दु कसरी प्राप्त गर्ने? संकल्प छ मनमा एउटा, त्यो त पूरा गर्नु नै छ। बोल्ने ले बोल्दै गर्छन, भन्ने ले भन्दै गर्छन, सबैको मुख थुनेर पनि त भ्याइदैन हैन?”
अबोध उनको अनुहारमा आँखा भने अरु धेरै कुरा बोलिरहेको झै आभाष हुन्थ्यो ।
उसै बेला ‘परदेशी २’ का प्रचार संयोजकको आवाज सुनियो “हिनौ” भन्ने । अनि हामी पनि उहाँहरुको साथमा लागेर दर्शकको प्रतिक्रिया बुझ्न सिनेमा घर तिर लाग्यौ।