Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकार र उब्झिएको मोह !

काठमाडौं  
   हालसालै एउटा जमातले एक ताका कि प्रिय अभिनेत्री विपना थापालाई “युग नायिका” को उपमा दिँदै सम्मान गर्यो। विपना थापा र समकालीन अभिनेत्रीहरुको कार्यलाई खोजिनिधी गर्दै गर्दा उनका लाइनमा अन्य अभिनेत्रीहरु जस्तै:  करिश्मा  मानन्धर, गौरी मल्ल, कृष्टी मैनाली, जल शाह, निरुता सिं लगायत आउँछन् ।

केही सिनियर छन्। केही अलिपछि जोडिए। सँगसँगै अरु पनि आए। तर कतिखेर बिलाए पत्तै भएन ।  लामो समयसम्म सिनेक्षेत्रलाई आफ्नो योगदान दिनेमा यिनै अभिनेत्रीहरु पर्न आउँछन्। जो अहिलेका पुस्ताले त्यस अनुसार निरन्तरता दिन  सकेको देखिंदैन । त्यो समयमा अभिनय कलासङ्गै नृत्यमा पनि पोख्त अभिनेत्री थापाले अहिले सम्म कसैको आँखाबाट ओझेल हुन परेको छैन ।

उनका सफल कयौ सिनेमा पनि आखामा नाचिरहेका पाइन्छन् । यस मानेमा “युग नायिका” भन्नू अत्ति सयुक्ती नहोला। करिश्मा मानन्धरले “महा नायिका” को उपाधि ग्रहण गर्दै गर्दा बाँकी रहेका त्यो छिमलका अभिनेत्रीहरु अरुले के के पाए, त्यो थाहा छैन, याद पनि रहेन।

“फुर्सद मिलेको छ अब सिनेमामा समय दिन्छु” भन्ने वाक्य बोल्दै गर्दा सम्मानित थापाले हेक्का राख्न नसकेको कुरा चाहिँ जुन क्षेत्रले उनलाई गतिलो परिचय दियो त्यो क्षेत्रलाई “अन्तबाट फुर्सद भयो भने मात्र समय दिन्छु” भन्ने कुरा आफैमा कमजोर देखिन्छ ।  फुर्सदमा कलाकारिता गर्ने नत्र नगर्ने भन्ने मनसाय व्यक्त गर्दै गर्दा  सबै थोकलाई बिर्सिएर कलारितामा होमिएका कयन कलाकार हरुलाई नमिठो लाग्न सक्ला। 

साधना पश्चात्को उचाईले नै हो सम्मान पाउने भन्ने विपना थापा जस्ता अब्बल कलाकारले बिर्सनु हुँदैन। नत्र नयाँ पिढीले पनि त्यही स्लोगनलाई समात्छन, समाती रहेका पनि छन्। अब आउने समयमा पनि कला क्षेत्रमा गतिलो उपस्थितीका लागि स्वागत पाएकी थापाले  युग नायिका ( कुनै समय कि नायिका)मा मात्र सिमित भएको कसैलाइ मन्जुर नहुन सक्छ। अब आउने दिनमा सिनेमा क्षेत्रमा उनको उपस्थिती कुन रुपको हुनेछ या समयले दिनेछ त्यो बिस्तारै उघारिदै जाला ।

अब अर्को प्रसङ्ग, चलचित्र कलाकार संघ को एउटा जत्थाले गृहमन्त्री  नारायण काजी श्रेष्ठलाई भेट्दै एउटा निबेदन टक्रायो। त्यो के भने परिचय पत्रको आधारमा देश कै ठुलो प्रसासनिक केन्द्र  सिंहदरबारमा प्रवेश अनुमती । प्राबिधिकको हक मा त्यो जायज थियो, किन पनि भने प्राबिधिक भनेका पर्दा पछाडी रहेर काम गर्ने  मुख्य योजनाकार हुन, जस्को तस्विर या अनुहार जो कसैले ठम्याउन सक्दैन। तर कलाकार भनेका पर्दामा देखिने चहकिला अनुहार हुन् । त्यसैले पनि आफू सहभागी चलचित्रको प्रचार प्रसार गर्दा नेपालमा कलाकारको अनुहारलाई अग्र प्राथमिक्तामा राखिन्छ । 

अब यहाँ पनि  के कुरा बाझियो भने प्रचारमा त्यही अनुहार योग्य,  प्रसासनिक केन्द्र प्रबेशका लागि किन परिचय पत्रलाई आधार मान्नु पर्थ्यो। हामी सङ्ग त्यस्ता  नजिर पनि छन् जस्को नाम नै काफी छ।  अनुहारकै बलमा सिंहदरबार प्रवेशमा उदार देखिएका क्षणहरु पनि हामीहरु सँग छन् । यस मानेमा कलाकारहरु पहिला प्रख्यात र चिनेका हुनु पर्यो अनि पनि सम्बन्धितले स्थान नदिएको खण्डमा आफ्ना कुरा राख्न पाइन्छ तर उदार काम नगर्ने  अनि कलाकारको हैसियत खोज्दै जादा थोर बहुत जोगिएको साख पनि गिर्छ कि भन्ने हेक्का राख्न पर्थ्यो।

“नेपाली चलचित्र क्षेत्रको, त्यस्मा पनि एक्लो कलाकारसंघ जस्तो ओजिलो  सस्था सिंहदरबार छिर्न पाउ भनेर अनुमती माग्नु आफैमा ओजनदार देखिएन” जानकार भन्छन्। “तपाईं हरुलाइ सबैले चिनेकै छन्। परिचय पत्र देखाइ रहनु पर्दैन” माननीय ज्युको यो भनाइ आएको होस! हामी सबै साधकले यहि अपेक्षा गरौं।

यहि विषयलाई लिएर  कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाले  आफ्ना असन्तुष्टिहरु सामाजिक सन्जालमा पोखेका छन् । किन र कुन मनसायले पोखे, त्यो उनी आफै जानुन्। तर पढ्नेले  कलाकारहरु त्यसमा पनि फुर्सदिलो समयमा चाहिँ आफुलाई कलाकार ठान्ने, नत्र  यो क्षेत्रको भविष्य छैन भन्दै  बितृष्णामय राग अलाप्ने गरेको पनि पाइन्छ । यसै पनि हाम्रा कलाकार हरुको मनोबिज्ञान नै बनेको छ “ताक परे तिवारी, नत्र गोतामे।”

निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया लेख्छन:

उपाधि र सेवा सुविधा केहि छोड्न हुन्न है !
हामी त देशको गहना पो त ! तर गहना चाहिँ के को पो पर्नु भो ? आत्ममूल्यांकन गरौँ ! सुन, हिरा कि पित्तल ? तर अहिले यी सुन भन्दा कम छैन, हराएमा डर छैन वाला गहना भन्दा कुटो कोदालो घन गल गैतिको आवश्यकता छ भन्छन् त !