Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रमेश कोईरालाको निर्देशनमा “के दोष”

काठमाडौँ
  गायिका निशा देशारको स्वर रहेको “के दोष” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शान्ता अधिकारी घिमिरे को शब्द, लाल श्रेष्ठको संगीत, राजकुमार मालाकार र प्रकाश केसीको एरेन्ज रहेको गीतले प्रेम र विरहको गाथाको कथालाई उठाएको छ ।

रमेश बुढाथोकी, मंजिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवाको अभिनय रहेको गीतको भिडियोको निर्देशन रमेश कोइरालाले गरेका हुन् । प्रेममा धोका खाएकी प्रेमीकाको भित्री पिडालाई निर्देशक कोइरालाले जिवन्त रुपमा उतारेका छन् ।

बुढासुब्बा डिजिटलबाट बजारमा आएको सार्वजनिक गीतको छायांकन जयन्द्र कुँवरले गरेका हुन् भने सम्पादन अच्युत बजगाईँले गरेका हुन् ।