काठमाडौं : गायिका समीक्षा अधिकारी र गायक मानस राजको स्वरमा नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ। कृष्णाष्टमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको गीतमा मानस राजको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको छ। नरेन्द्र वियोगीले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।
नेपअसले निर्माण गरेको गीतको भिडियो मेलबर्नका रमणीय स्थानमा छायांकन गरिएको हो। भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठ, गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्रीको अभिनय छ।
भिडियोको निर्देशन तथा नृत्य निर्देशन सायद श्रेष्ठले गरेका छन्। उनले भिडियोमार्फत नेपाली कला, संस्कृति र भेषभूषालाई मेलबर्नमा प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए। उनका अनुसार यस्ता सिर्जनाले नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्नुका साथै विदेशीलाई पनि नेपाली परम्परा बुझ्ने अवसर दिन्छ। यो मानस राजको पहिलो तीज गीत हो।


















