Sur Cinema

मीराको सिनेयात्रा

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : काठमाडौं : बाल्यकालदेखि अभिनयप्रति आकर्षित भएकी कलाकार मीरा पण्डित अहिले नेपाली सिने क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने क्रममा छिन् । उनले विज्ञापन र थिएटर हुँदै फिल्मसम्मको यात्रा तय गरिसकेकी छिन्:-

नर्सिङ यात्रा
नर्सिङ पासआउट गरेपछि करिब २ वर्ष काम पनि गरेँ
अहिले सक्रिय रूपमा काम गरिरहेकी छैन् । हाल पूर्ण रूपमा अभिनय र कलाकर्ममा लागिरहेकी छु । अभिनयमा फराकिलो सन्तुष्टि भेटेपछि अहिले यही क्षेत्रमा केन्द्रित छु ।

सपना
केही गर्ने चाहना भएको मानिसका लागि “सपना” सकारात्मक ऊर्जाको स्रोत हो जस्तो लाग्छ । लक्ष्य सपना बिना अधुरो हुन्छ। सपनाले नै मानिसलाई मेहनत गर्न प्रेरित गर्छ र त्यसपछि लक्ष्य प्राप्त हुन्छ। (उनको आवाज र मुहारमा दृढ इच्छाशक्ति झल्किन्थ्यो।)

सिनेमा यात्रा
‘बिगुल’ मेरो पहिलो सिनेमा थियो भने ‘कस्तुरी’ दोस्रो सिनेमा हो, जुन निर्माणको चरणमा छ। बाल्यकालमै बाल कलाकारका रूपमा काम गरेको थिएँ र विभिन्न विज्ञापनहरूमा पनि अभिनय गरेकी छु। रङ्गमञ्चमा पनि काम गरेको अनुभव छ। सबैले चिन्ने गरी ठूलो काम त गरेकी छैन, तर सुरुवात भने गरिसकेकी छु । एक दिन पक्कै चिन्नुहुनेछ। तपाईंहरूले पनि चिनाउने काम गर्नुहुन्छ जसले मलाई खुसी बनाउँछ। (उनको मुहारमा एउटा अनौठो तिर्खा देखिन्थ्यो।)

आदर्श कलाकार (सेलिब्रिटी प्रेरणा)
धेरै कलाकारहरू हुनुहुन्छ, जसबाट हामी धेरै कुरा सिक्न र बुझ्न सक्छौं। मेरा लागि आदर्श कलाकारहरू ती हुन्, जसको कामले मलाई सिनेमा यात्रामा अघि बढ्न ऊर्जा दिन्छ । यो क्षेत्रमा रुचि बढेपछि सबैलाई हेर्ने र उहाँहरूबाट केही नयाँ सिक्ने इच्छा जाग्छ ।

सह-कलाकार जो सङ्ग काम गर्न मन छ
मैले कस्तो काम गरेँ वा गर्नुपर्छ भन्ने कुरा नै महत्वपूर्ण लाग्छ। कुनै एक व्यक्तिसँग मात्रै काम गर्न पाए हुन्थ्यो भन्ने चाहना छैन। सबै कलाकारमा आफ्नै शैली र बहुआयामिकता हुन्छ। सबैसँग काम गर्न मन लाग्छ। अहिलेको समयमा जोसँग काम गर्ने मौका मिल्छ, त्यो नै मेरो लागि अवसर हो, जसलाई मैले सदुपयोग गर्नुपर्छ।

नाटक र सिनेमामा भिन्नता
सिनेमामा ‘एक्शन’ र ‘कट’ हुन्छ, तर नाटकमा त्यस्तो हुँदैन। नाटकमा एकैपटक दर्शकलाई सम्पूर्ण कथा प्रस्तुत गर्नुपर्छ। सिनेमामा भने पटक–पटक मौका पाइन्छ। तर दुवै माध्यम सजिला भने छैनन्।

दुई सिनेमा, दुई फरक निर्देशकसँग काम गर्दाको अनुभव
‘बिगुल’ पहिलो सिनेमा भएकाले फरक अनुभव भयो। ‘कस्तुरी’ दोस्रो सिनेमा भएकाले पहिलो अनुभवले काम गर्न अझ सहज बनायो। फरक निर्देशकसँग काम गर्दा फरक अनुभव हुनु स्वाभाविक हो। मेरो ध्यान भने सधैं आफ्नो पात्रमा केन्द्रित रह्यो। सुरुवाती काम भएकाले उत्साहित र फरक अनुभूति हुने रहेछ। (उनी हल्का मुस्कुराइन्।)

सिनेमा निर्माणप्रति सोच
अहिलेलाई म एक कलाकार हुन पाएकोमा नै गर्व गर्छु । धेरै माथिसम्मको योजना बनाइसकेको छैन। अभिनयमै निरन्तर लागिरहने सोच छ। भोलि के हुन्छ भन्ने कुरा समयमै छोडिदिऊँ।