काठमाडौं : सिनेमा “सरी मम”को सामाखुसी रहेका नेपाल प्रहरी स्कुलको ६ सय विद्यार्थीहरु र शिक्षक माझ विशेष प्रदर्शन गरिएको छ । एन.एफ.आई क्रियसनको आयोजनामा लागूऔषध दुव्र्यसन विरुद्धको सह-चेतना कार्यकम संगै ‘सरी मम’ सिनेमा मंसिर ४ गते बिहान अष्ट नारायण हल बाईपासमा देखाइएको थियो ।
यस विद्यालयका प्राचार्य राम प्रसाद भुसालले ‘सरी मम’ सिनेमा आफुलाई एकदमै मन परेको र विद्यार्थीलाई पनि देखाउनै पर्ने सिनेमा रहेकोले हामीले पनि हाम्रो विद्यार्थीहरुलाई देखाएका छौ । सिनेमा ड्रग्स एडिक्सनलाई मुख्या म्यासेज लिएर युवा वर्गहरुलाई अलिकती भए पनि दलदल बाट निकाल्न प्रयास गरिएको छ । पक्कै पनि यो सिनेमाबाट विद्यार्थीहरुको जिबनमा केहि न केही परिवर्तन ल्याउन सक्छ । यो सिनेमा सम्पुर्ण विद्यालयहरुले आफ्नो विद्यार्थी नानी बाबुहरुलाई देखाउदा राम्रो हुन्छ र देखाउनको लागि पनि म अनुरोध गर्दछु र देखाउदा फरक नपर्ने बताएका छन् ।
नविन बोगटीको निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका निर्मातामा बिनोद लामा, खेमराज अधिकारी र रोजिता तामाङ रहेको छन् ।