Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

चर्चामा सहायकबाट मुख्य बनेका कलाकारका सिनेमा

दिक्षा कट्टेल

दिक्षा कट्टेल

काठमाडौं : आफ्ना बाहेकका सिनेमाको सफलता पचाउन नसक्ने भिड मौन रहे पनि सिनेमा ‘पुर्ण बहादुरको सारङ्गी’ले दर्शकको मनमा घर बनाउन सफल भएको छ । प्रसान्त सिवाकोटीका गीत र विजय बरालको अभिनय यो समय सबै भन्दा धेरै चर्चामा छ । अन्य कलाकार र टिम समेत सबै नै अब्बल छन सिनेमामा । तर, अल्लि बढी श्रेय भने विजय र प्रसान्तले पाईरहेका छन् । भलै सिनेमा नचल्ने आशकां पालेर बसेका प्रकाश सपूतले सिनेमासंगको सम्बन्ध नै सकिए झै गरि पोस्ट हालेर पुन: चर्चाको लोभमा राल चुहाउँदै हल हल दगुरिरहेको सत्यता पनि हेर्न लायक छ । जे होस सिनेमा चलेको छ ।

हिरोको छवि बनाएकाहरुको भिड भन्दा पर दयाहाङ राईको साथी ‘बिके’ मात्रै बन्दै भए पनि चित्त बुझाउदै आएका विजय बरालले बबाल गरेका छन् । उनले हाल सम्म पाएका चरित्र जति लामा छोटा भए पनि अब्बलताका साथ निभाउदै आएका त थिए । तर सोलो रोलमा पनि उनले गरेको धमाका हेर्न लायक छ । विजयलाई ‘बिके’को भुमिका भन्दा पर सोलो रोलमा बिश्वास गर्ने निर्माता मात्रै नभएर सिनेमाका लेखक निर्देशक जसले उनको कलालाई निकाल्न सफल भए पनि प्रसंसाका लायक छन् । यो सिनेमा चल्नु र विजय लिड रोलमा आउनु भनेको सिनेमा र बिजय मात्रै चल्नु नभएर हिरोको ‘साथी’ मात्रै बनेर रहेका कलाकार जसमा हिरोलाई सफल बनाईराख्ने क्षमता छ, को समेत सफलता हो ।

यस पटक यस्तै ‘हिरोका साथी’ बनेका धेरै कलाकारको सिनेमा सफल बनेको छ । जितु नेपाल बिना पनि सिनेमा ‘छक्का पन्जा ५’ सफल भयो । तर फुटेर गएक जितुको सिनेमा ‘ज्वाइँ साब’ले पनि लगानी उठाउन सफल रहेको निर्माता बताउछन् । दिपक राज गिरीको ‘राजा’ चरित्रलाई टिकाउन जितुको कम भुमिका थिएन । तर, दिपक बिनै पनि जितुलाई बिश्वास गर्ने निर्माताको हिम्मत सम्मान गर्न लायक छ ।

यता हरेक जसो नंया नायकका साथी बनेका सलोन बस्नेत पानी आफ्नो सोलो सिनेमामा ब्यस्त छन् । भन्नेहरु अनमोल केसी सलोन बिना सफल छैनन पनि भन्छन् । हुन पनि सलोन आफ्ना साना ठुला सबै भुमिका मज्जाले निभाउछन र दर्शकको मनमा बस्न सफल छन् । बाल कलाकारको रुपमा सिनेजगत भित्रीएका सलोनको यस अघिको लिड रहेको सिनेमा ‘बाबू कान्छा’ त चलेन तर अब ‘रङ्गी’ सिनेमा मार्फत उनले पनि सफलता पाउने आशा गर्न सकिन्छ ।

यता धेरै जसो कलाकारले पहिलो पटक ठुलोपर्दामा देखिदै गर्दा पनि सिनेमा ‘सानो संसार’ सफल बन्न पुग्यो । लगानी उठ्ने नउठ्ने अलग कुरा रह्यो तर जति शो पायो त्यो हाउसफुल हुनु र जति दर्शकले हेरे सबैले प्रसंसा गर्नुलाई सिनेमाको सफलता मान्न अप्ठ्यारो मान्न पर्दैन । सिनेमामा सीता देवि तिमल्सिना, राज पङ्गेनी, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी लगायत सबै कलाकारको अभिनयको तारिफ भयो । साथै यो सिनेमालाई धेरैले सिद्धार्थ पुडासैनीको मेहनतको फल पनि भनेका छन् । निर्माता अर्जुन कुमार र माधव वाग्लेले त नया टिमलाई विश्वास गरेर सिनेमा बनाए । तर आगामी दिनमा यतिको हिम्मतिला निर्माता उनीहरुले भेट्लान या त एक सिनेमाको सफलता मै चित्त बुझाएर बस्ने अवस्था आउने हो समयले बताउँला ।

सिनेमा ‘बोक्सीको घर’ सफल भयो । केकी अधिकारी यस सिनेमामा कलाकार कम र निर्माता ज्यादा बनेर चिनिइन । कारण कलाकारिताको जिम्मा बाल कलाकार सुपला सापकोटाले लिइदिइन् । साथै सेबिता अधिकारी र स्वेच्छा राउतको अभिनयले पनि प्रसंसा पायो । यस सिनेमाबाट निर्माता सुलक्षण भारतीले आफ्नो काम मज्जाले देखाउने मौका पाए ।

एकाध बाहेक यस पटक चलेका सिनेमा सहायक भुमिकामा खुम्च्याईएका कलाकारको सोलो प्रस्तुतिले चलेको देखिन्छ । एउटा जमात समीर भट्टको आगमनलाई एक्सन युगको सुरुवात भन्दै छन् । तर दर्शक भने सिनेमाको कथा र कलाकारको सरल अभिनय समाएर हल सम्म पुग्दै छन् ।