Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विदेशमा ‘पूर्ण बहादुरको सारङ्गी’को उच्च माग

काठमाडौँ : प्रदर्शनरत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला देशभर उल्लेखनीय व्यापारिक सफलता हासिल गरिरहेको छ । आज बुधवार, बिहान ६ बजेदेखि राति ११ बजेसम्म विभिन्न हलहरूले शोहरू उपलब्ध गराएका छन् । नेपालभरका करिब ३०० शोहरूमा प्रदर्शन भइरहेको यो सिनेमाको अधिकांश टिकटहरू बिक्री भइसकेका छन् ।

दर्शकहरूको सकारात्मक प्रतिक्रिया र उच्च अकुपेन्सीले नेपाली सिनेमाप्रति दर्शकको आकर्षण बढ्दै गएको सङ्केत देखिएको छ । देशभित्रको यो उत्साहसँगै, विदेशमा रहने नेपाली समुदायमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रति उच्च माग देखिएको छ । अमेरिका, अस्ट्रेलिया, युरोप, र खाडी मुलुकहरूमा रहेका नेपाली समुदायले सिनेमाको प्रदर्शनका लागि चासो देखाएका छन् ।

सरोज पौडेलले निर्देशन रहेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा, आलिशा बास्तोला लगायत कलाकारहरुलाई देख्न सकिन्छ । सिनेमाको संवाद महेश दवाडीले लेखेका छन् भने निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।