काठमाडौं : चितवनमा जन्मिएर हाल बेलायत बस्दै आएका डा प्रदीप सापकोटा एक होनहार चिकित्सक हुनुका साथ-साथै मोडलिङ क्षेत्रका पनि एक उदयमान नक्षत्र हुन् ।
बेलायतको ‘बासिल्डन युनिभर्सिटि हस्पिटल’मा इन्टेन्सिभिस्ट् का रुपमा कार्यारत डा. सापकोटा सानै देखि कला क्षेत्रमा पनि रुचि राख्थे । केहि वर्ष अघि नेपालमै कार्यारत हुँदा डा. सापकोटाले आफ्नो मोडलिङ् यात्रामा पाइला टेक्दै गर्दा, अचानक कोरोनाको महामारी आएकाले आफ्नो सम्पुर्ण ध्यान चिकित्सा क्षेत्रमै लगाउन बाध्य बनेका थिए उनि, अब भने कुनै राम्रो प्रोजेक्ट्बाट कमब्याक गर्ने डा. सापकोटाले जानकारी दिए ।
सघन उपचार कक्षमा मृत्युसङ्ग लडिरहेका विरामीलाइ उपचार गर्ने बाहेक दर्शन, साहित्य र राजनीतिमा पनि उनको रुचि छ । हरेक दिन मृत्युलाइ नजिकबाट नियालेका डा. सापकोटाले जिवन, जगत, मृत्यु जस्ता गहन तथा आध्यत्मिक विषयमा पनि धेरै अध्ययन गरेका छन् ।