Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अलि हतार भयो कि समीर जी !

काठमाडौं : समीर भट्टले नेपाली सिनेमामा डेब्यु गरेका छन् । आफ्नै बाबू बिराज भट्टको निर्माण निर्देशन रहेको सिनेमा “१२ गाउँ” मार्फत उनले डेब्यु गरेका हुन् । यो सिनेमा विराजको लागि यस कारण खास छ कि यो सिनेमा मार्फत उनी निर्देशक बनेर उदाएका छन् ।

सिनेमाको त्यति सारो समीक्षात्मक पक्षको बलियो चर्चा भएको छैन् । तर सिनेमाको व्यापार भने आक्रामक छ । सुरुवती समयम ‘छक्का पन्जा ५’ले धेरै शो पाए पनि अहिले भने यो सिनेमको बुकिङ लोभलाग्दो छ र शो संख्या समेत बढाईएको छ ।

सिनेमाको बलियो पक्षको कुरा गर्दा बिजिएम र समीरको अभिनयलाई खास रुपमा हेरिएको छ । समीरलाई नेपाली सिने जगतमा पुनः एक्सन युग सुरु गर्न सक्ने नायक भनेर पनि हेर्न थालिएको छ । सिनेमाको सफलताले होला विराजका बाबू छोरा खुबै खुसी छन् । अझ विराजको बोलिमा त लगाम नै भेटिन छोडिएको छ । आफैले आफैलाई सिने जगतको बाघ नायक भन्दै देखिने उनी उनको सिनेमा नचल्ने आकलन गर्ने समिक्षक सिनेकर्मीलाई केही नजान्ने भन्दै उपेक्षा गरिरहेका छ्न् । तय दुखद पक्ष चै सिनेमाको जति चर्चा छ त्यहा न त विराजको अभिनयको चर्चा छ न त उनको निर्देशनको नै ।

केही समय अघि बिराजले ‘साङ्लो’ नामक सिनेमा बनाएका थिए । जुन सिनेमा सुपर फ्लप भयो । अहिले आएर उनले सफलताको स्वाद चाख्न के पाएका थिए उनको घमण्ड त ह्वात्तै बढ्यो । तर यो घमण्डलाई दर्शकले क्षमता भनेर तब मात्रै स्विकार्ने छन जब बिराजको निर्देशनमा बन्ने अर्को सिनेमा साचै नै निर्देशनको आधारमा पनि अब्बल सावित हुनेछ ।

अब कुरा गरौ समीरको, समीरको अभिनयको चौतर्फी तारिफ छ । यति सम्म कि एक साथ लागेको ‘छक्का पन्जा ५’ सिनेमाको टिमले समेत उनको बयानमा धेरै नै शब्द खर्चिसकेका छन् । तर समीर स्वयम् भने अलि बढी नै घमण्डी देखिएका छन् । उनलाई दिपक राज गिरी दीपा श्री निरौलाले आफ्नो सिनेमामा लिन पाए लिन उत्सुक रहेको बताईरहेका छ्न् । यता समीर भने लगभग आफ्ना बाबुका उमेरका दिपक राज गिरी, केदार घिमिरे लगायतलाई सम्बोधन मै “जी” प्रयोग गर्दै उनीहरु जस्तो कमेडी गर्न नसक्ने बताउछन् । उनले यसो भन्दै गर्दा यसमा उनको कमजोर पाटो कम र दम्भ ज्यादा देखिन्छ । यति मात्र होईन उनले सुरु मै उनको काम सम्म नदेखी अभिनयमा विश्वास गरेका सन्तोष सेनलाई पनि “जी” सम्बोधन गर्छन ।

सामाजिक संजाल देखि सार्वजनिक कार्यक्रममा समेत विराजले समीरलाई ब्याण्ड जस्तै गरेको खबर यत्र तत्र थिए । सिनेमाका लागि खास उपस्थिती जनाउन भन्दै उनलाई लुकाएरै हिरो बनाउन तयार गरिदै थियो । तर यसो गर्दै गर्दा समीर सम्बोधन कै मामलामा चुक्नु भनेको सामाजिक संस्कार कमि झै देखिएको छ ।

समीरले आगामी यात्रामा सिनेमाको स्कृप्टमा ध्यान दिएर आफ्नो करियर उचाईमा पुर्याउने कुरा गरेका छन् । तर उनको डेब्यु सिनेमाको स्कृप्ट नै बेतुकको भएको चर्चा यत्र तत्र छ । अब दर्शकले राम्रै लगानीमा बन्ने गरेको भए पनि सन्तोष सेनका सिनेमाको स्कृप्ट पनि देखे बुझेकै हुन् । त्यसरी हेर्दा त समीरलाई अब्बल लागेर छानिएका स्कृप्ट के साचै सब्बल नै छ्न त भन्ने प्रध्न समेत खडा हुन्छ ।

सुस्ताएको सिने बजारमा यो सिनेमाले ल्याएको बहारको प्रसंसा गर्नै पर्छ । तर एउटा सफलता मै भुई बिर्सिन नहुने तर्फ समीर समेत सजक हुन जरुरी छ । हैन भने आफुलाई समीरले स्टार सोच्न थालेको आभास पाईन्छ नी त्यसको लागि केही हतार पो भयो भन्ने लाग्न सक्छ ।