Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

ट्रेलर पश्चात् ह्वात्तै बढ्यो ‘पूर्ण बहादुरको सारङ्गी’को हाईप

काठमाडौं : सरल कथा मिठा लाग्छन् । अधिकाशं नेपालीलाई प्रतिनिधित्व गर्ने कथाले सिनेमामा पनि आफू र आफ्नै परिवार समाजलाई पाउँछन् । त्यसैले होला पछिल्लो समय नेपाली सिने जगतमा मौलिक कथामा बनेका सिनेमाको संख्या बढ्न थालेको छ दर्शकको रुचि पनि यस्तै सिनेमामा देखिन थालिएको छ । यस्तै मौलिक कथा टिपेर लेखक निर्देशक सरोज पौडेलले सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण गरेका छन् ।

सिनेमाका कलाकारहरु मात्रै नियाल्ने हो भने पनि सिनेमा सफल हुनेमा दुईमत रहदैन् । अझ ट्रेलरले त दर्शक माझ सिनेमाको हाईप ह्वात्तै बढाएको छ । चरित्र अभिनेताको रुपमा स्थापित कलाकारहरुलाई मुख्य भुमिका दिइएको यो सिनेमाले स्टार बिना पनि सिनेमा चल्छ भन्ने भाश्य स्थापित गर्ने अपेक्षा गर्न सकिन्छ ।

बिजय बराल, देशभक्त खनाल, भोलाराज सपकोटा, मुकुन भुशाल, अन्जना बराईली जस्ता काम कै कारण चर्चामा रहने कलाकार हुनु पनी सिनेमाको सकारात्मक पक्ष हो । ट्रेलरमा अटाएका अधिकाशं कलाकारको अभिनय अब्बल छ ।

गन्धर्व समुदायको पुस्तौ पुस्ता जोडिएर बुनिएको कथामा आमा बाको कथा मात्रै नभएर समग्र नेपालीले मिडिल क्लासको कथा बोलेको छ । स्टारडमको पछि भन्दा पानी सिनेमाको कन्टेन्ट हेरेर हल सम्म पुग्ने दर्शकका लागि यो सिनेमा रोजाईमा पर्ने पक्का छ ।

निर्माता संग प्रकाश सपुतको विवादले नकारात्मक असर नपर्ने हो भने यो सिनेमाले सफलता पाउने धेरैको आकलन रहेको छ । अझ एक साथ आउने भनेका दुई सिनेमा समेत पछि सरेपछी यसको सरासर फाईदा मेकरलाई भएको छ ।