Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गाली पाउँदा पनि दुखी छैनन् वर्षा !

काठमाडौं : प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा ५’ कि नायिका वर्षा सिवाकोटीले बिनाकारण गाली खानु परेको छ । हुन त पछिल्लो समयको सामाजिक संजाल हेर्ने हो भने वर्षाले छक्का पन्जा टिममा रहेर पनि गाली नखानु भन्ने त अपवाद नै हुन्छ होला !

शुक्रबार राजधानीमा गरिएको एक पत्रकार सम्मलेनमा बोल्दै वर्षा सिवाकोटी भन्छिन् “म पनि गालीको हकदार भएकोमा खुशी छु । सिनेमाले कति व्यवसाय गर्यो/गर्छ भन्दा पनि छक्का पन्जा टिम सङ्ग जोडिनु नै मेरो लागि सबैभन्दा ठुलो सफलता हो । सिनेमाले यति राम्रो व्यापार गरिरहदा पनि खुशी मनाउनुको साटो नकारात्मक टिप्पणीहरु हटाउदै समय बितिरहेको छ, यो चाहिँ अलिक दुख लागेको छ ।

हलमा गएर दर्शकहरुको प्रतिक्रिया लिदै रमाईलो गर्नु पर्नेमा यस्तो गर्नुपर्दा चाहिँ खल्लो लाग्दो रहेछ । तर, अब जहाँ सम्म लाग्छ यो सबै कन्ट्रोल हुन्छ होला । यसपाली यो टिममा म नंया जोडिएको छु । केही समय अगाडी टिम सङ्ग कुरा गर्दा केही गडबड हुने हो कि भन्ने ठूलो डर पनि थियो । तर, यसपाली नै रेकर्डहरु भैरहेको छ त्यसमा एकदम खुशी लागेको छ ।”

सिनेमा ‘छक्का पञ्जा–५’को अघिल्ला सिरिजहरूभन्दा यो पाली धेरै ओपनिङ रहेको छ । पहिलो हप्ताको कलेक्सन पनि यसअघिका सिरिजको भन्दा धेरै राम्रो रहेको निर्माण पक्षले उक्त कार्यक्रममा जानकारी दिएको छ ।