Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मिस नेपाल नम्रतालाई साक्षी राख्दै सलोनले गरे ‘रंगी’को स्क्रिप्ट पूजा

काठमाडौं : सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा सिनेमा ‘रंगी’ को स्क्रिप्ट पुजा गरिएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने सिनेमाको घटस्थापनाको अवसर पारेर बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मिस नेपाल नम्रता श्रेष्ठलाई साक्षी राख्दै स्क्रिप्ट पूजा गरिएको हो ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने सिनेमाको स्क्रिप्ट पुजामा सलोन, नम्रता, निर्देशक सुरेशलगायतको उपस्थिति थियो । सिनेमामा सलोन र नम्रताको अलावा दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहनेछ । सिनेमाको छायांकन कार्तिक ५ गतेबाट सुरु हुनेछ ।

सक्षम सुवेदीको निर्माण रहने सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कबिराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।