Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘कान्छा बा’ : बिर्सिने रोगबाट कान्छा बाले आफ्नो दिनचर्यामा भोग्नुपरेको पीडा

काठमाडौं : पुष्पन प्रधानको स्वरमा सजिएको डिमेन्सिया रोगसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियो ‘कान्छा बा’ सार्वजनिक भएको छ । बिर्सिने रोग(डिमेन्सिया)बाट पीडित कान्छा बाले आफ्नो दिनचर्यामा भोग्नुपरेको पीडाले चिन्तित छोरा बुहारीको अभिव्यक्तिले चित्त दुखाएर कान्छा बा घरबाट निस्केर आफ्नै यात्रामा निस्किएको कथावस्तु यसमा देखाइएको छ ।

सार्वजनिक गीतको भिडियोमा ‘कान्छा बा’ वरिष्ठ अभिनेता सरोज खनाल मुख्य भूमिका रहेको छ भने उहाँलाई छोरा बुहारीको रुपमा साथ दिने कमल सिंह र मिशेल घिमिरे पनि मुख्य पात्रमा देखिएको छ ।

सुवास चन्द्र ढुंगेलको शब्द रचना, संकेत अगस्तीको संगीत, सन्जीव बराइली संगीत संयोजन र मिक्स मास्टरिङ नरेश बि.बि.सीले गरेको छ ।

दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको शृंगार, विकास धमलाको सम्पादन रहेको गीतको भिडियोको कथा साक्षी श्रेयको छ । रत्नशोभा ढुंगेलको निर्माणमा बनेको ‘कान्छा बा’लाई निकेश खड्काले निर्देशन हुन् ।