Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रचारप्रसारमा ‘रावायण’ टिम

काठमाडौं : यही भदौ २१ गते रिलिज हुने सिनेमा ‘रावायण’ले प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ । सिनेमाले सुरुवाती चरणमा विशेषत कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । सिनेमाका निर्देशक र कलाकारको टिम यतिबेला प्रमोसनमा व्यस्त छन् ।

यही क्रममा सिनेमाको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । सिनेमाका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सिनेमाबारे जानकारी दिएका हुन् ।

निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए ।

निर्मात्री तथा नायिका पूजा शर्माले दर्शकले आफ्ना अघिल्ला सिनेमालाई साथ दिएजस्तै ‘रावायण’लाई पनि साथ दिनेमा आफू ढुक्क रहेको बताइन् ।

कार्यक्रममा प्रमोद र प्रकाशले सिनेमामा आफूले बोलेको संवाद सुनाएका थिए । उनीहरुले संवाद सुनाइरहँदा दर्शक दिर्घाबाट हुटिङ र तालीको वर्षात भएको थियो ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

सिनेमामा सुदर्शन थापाको कथा, शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।