Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नयाँ सिनेमा ‘हन्टर’को निर्माण घोषणा, मुख्य अभिनेतामा अरुण क्षेत्री

काठमाडौं : पछिल्लो समय नयाँ नेपाली सिनेमाहरु घोषणा हुने र निर्माण हुनेक्रम निकै बढ्दो छ। एकताका एकछत्र राज गर्न सफल ‘एक्सन जनरा’ले पछिल्लो समय पुनः निरन्तरता पाउँदैछ। यसैबीच, एक्सन जनरामा आधारित नयाँ सिनेमा ‘हन्टर’को निर्माण घोषणा गरिएको छ।

सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर टाइटल सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो। सिनेमामा हन्टरको रुपमा अभिनेता अरुण क्षेत्री अनुबन्धित भएका छन्। अब दर्शकले अरुणको एक्सन अवतार देख्न पाउनेछन्।

सार्वजनिक टाइटलमा सिनेमाको थम झल्काइएको छ। टाइटलले (टाइफोग्राफी) नै सिनेमा एक्सन जनरामा निर्माण हुन लागेको महशुस गराउँछ। टाइटलले नै एक किसिमको कौतुहलता उत्पन्न गराएको छ। उक्त टाइफोग्राफी ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन्। उसो त यो सिनेमामा पोस्टर तथा पब्लिसिटी डिजाइन पनि रोयल भिमसेनकै रहनेछ।

सिनेमालाई जीवन सिंहले निर्देशन गर्दैछन्। उनले यसै सिनेमा मार्फत निर्देशनमा डेव्यू पनि गर्दैछन्। क्याचकक् इन्टरटेन्मेन्टको प्रस्तुति रहने सिनेमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको संयुक्त सहकार्यमा निर्माण हुँदैछ।

निर्माण टिमले छिट्टै अन्य जानकारी दिने बताएको छ। यस् अघि सिनेमामा अभिनेत्रीको रुपमा गरिमा शर्मा रहने हल्ला चलेको थियो। यद्यपि निर्माण टिमले आधिकारिक जानकारी भने दिएको थिएन।