काठमाडौं : लक्ष्मण सुबेदीको निर्देशनमा तयार भएको सिनेमा ‘सतीदेवी’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । मंगलबार काठमाडौँ स्थित कमलपोखरीमा रहेको बिग मुभिज हलमा गरिएको प्रिमियरमा उपस्थित सिनेकर्मीहरुले सिनेमाको प्रस्तुतिकरण, विषयवस्तु र उक्त सिनेमाका कलाकारहरुले गरेको अभिनयको प्रसंशा गरेका छन् ।
सिनेमा हेर्न उपस्थित भएका निर्देशक ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, नवल नेपाल, शोभित बस्नेत, सिमोस, कलाकार गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, कुन्साङ बोम्जन, जय किशन बस्नेत, जान्वी बस्नेत सलोन बस्नेत, सलिनमान बनियाँ, नरेन खड्का, निर्माता प्रदीपकुमार उदय, पुनम गौतम तथा सिएनएन हिरो अनुराधा कोईराला लगायतले सिनेमाको खुलेरै प्रसंशा गरे ।
सिनेमामा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको अभिनेत्री मलिका महतले बताइन् भने उक्त प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफू उत्साहित रहेको निर्देशक लक्ष्मण सुवेदीले बताए छन् ।
भाद्र ७ देखि सार्वजनिक प्रदर्शन सिनेमामा अभिनेत्री मलिका महत, सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।