काठमाडौं : कालिकोटमा जन्मिएर कैलालीमा हुर्किएका रतन देवकोटा लोक गायक बन्नका लागि राजधानी (काठमाडौं ) छिरेका थिए । शिक्षालाई महत्व दिने पारिवारिक पृष्ठभुमि कै कारण बसाई सरेर कैलाली पुगेका थिए रतन । अब त्यस्तो पारिवारिक माहौलमा गायन मै लाग्न मात्रै राजधानी पठाउने अवस्था रहेन् । उच्च शिक्षाको बहानामा उनी पारिवारिक सहमति मै यता आए । आफ्नो पढाई पनि स्नातकोत्तर सम्म पुरा गरे । यही बिचमा अध्यापन देखि पत्रकारिता सम्म गरे ।
मनको कुनै कुनामा रहेको कला मोहलाई उनले कुनै दिन पनि नत्यागेको बताउछन् । त्यसैले होला, जिवन जिउन बिचमा गरिएका कामलाई निरन्तरता दिदै उनी कला क्षेत्र मै पाईला सार्न थालेका छन् ।
टेलिभिजनमा रहदा उनले भिडियो मेकिङका पाटा बारे जान्न पाए । जसले उनलाई कथा भन्ने प्रेरणा दिन थाले । यता पढाउन कै लागि ललितपुरको एक तामाङ गाउँ पुगे जहा तामाङ भाषा बाहेक अन्य भाषाको ग्यान समेत कसैमा थिएन । उपत्यका भित्र नै रहेको उक्त गाउँ र टिच फर नेपालमा जोडिएर काम गर्दा पुगेका अन्य गाउँहरुले उनलाई पिछडिएका बस्तिको कथा भन्नै पर्छ । ठुलो क्यानभास मार्फत यस्ता कथा सबै सम्म पुगेपछि बल्ल समाधानको बाटो खोज्न सकिन्छ भन्ने लाग्यो उनलाई । र उनी सामाजका यथार्थ कथा भन्नका लागि तत्पर भए ।
बिदेशीनुको बाध्यतालाई आर्थिक, सामाजिक, मनोबैज्ञानिक, पारिवारिक लगायत एङलबाट देखाउन उनले गीत “देश छोड्नेको लर्को” तयार गर्दै दृश्यबाट यथार्थ कथा भन्न सुरु गरे । भिन्न प्रयोगको उक्त गिति भिडियोले धेरै माझ राम्रो छाप छोड्न सफल भयो । उनको योजना यस्तै यस्तै सामाग्री तयार गर्ने हो । र, बिस्तारै ठुलो क्यानभासमा काम गर्ने पनि ।
पछिल्लो समय उनले “हिरुलाल” निर्माण गरे । मनको नजिकको काम भन्न रुचाउछन रतन ‘हिरुलाल’लाई । बिशुद्ध मन र मायाका कुरालाई समेट्दै गर्दा समग्र देशको ब्यथा यो गीतमा समेटिएको रतनको तर्क छ । धेरै ‘हिरुलाल’लाई देश छोड्नुपर्ने बाध्यताले पिरोलेको छ र परिवारबाट अलग बनाउदै गर्दाका पिडा आला घाउ बनेका छन् । कर्णालीको आँखा बाट देशको पिडा बोलाउन कै लागि रतनले ‘हिरुलाल’ निर्माण गरेका हुन् ।
कलाको कुनै निश्चित क्षेत्र हुदैन् न त भाषा भुगोल र परिवेशले यस्लाई बुझ्न नसक्ने बनाउछन । रतनका अनुसार कलामा हुने भावले नै यस्ता सिर्जनालाई एक बनाउछन् र बिश्व भर फैलाउछन् । कर्णालीको प्रतिनिधित्व गर्ने भएकोले आफ्नै ठाउँका आफुले देखे भोगेका पात्रलाई उठाएर कथा भन्न लगाउने रतनले समग्र देश र संसारले पनि कर्णाली चिनोस भन्ने अपेक्षा गर्छन् । र, आगामी दिनमा पनि त्यतैका पात्र उठाएर समग्र नेपालीको प्रतिनिधित्व गर्ने कथा बोल्ने बोलाउने प्रयासमा लाग्ने बताउछन् ।