Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

छुच्ची ‘श्रुति’का कुरा

काठमाडौं : कलाकारलाई आफ्नो नामले चिनिनु भन्दा कामले चिनिएकोलाई सफलता मान्ने गरिन्छ । ‘बुहारी’ टेलिश्रृङखलाकि छुच्ची आमाजुको छवि बनाएकी “श्रुति”को पनि अवस्था यहीँ नै छ । कलाकार सरीता राजोपाध्यायलाई जति मानिसले सरीता भनेर चिन्छन् त्यो भन्दा बढी त ‘श्रुति’ भनेर चिन्ने गर्छन् ।

दर्शक पनि भिन्न भिन्न हुन्छन् । छुद्र भुमिकामा देखिएकी सरीता प्रति एक बृद्धाको राम्रै रिश रहेछ । उनले ‘श्रुति’लाई भेट्न पाए अक्षता छर्किएर(टुनामुना लगाएर) भए पनि भाईलाई माया गर्ने बनाउन मन भएको बताएकी छन् । सरीता स्वयंम् लाई पनि यसरी दर्शकले चिन्दा खुसी लाग्ने बताईन् । थियटर नाटक, म्युजिक भिडियो, सिनेमा र विभिन्न सिरियलमा अभिनय गर्दै आएकी सरीतालाई ‘बुहारी’को अभिनयले भने धेरै दर्शक माझ पुर्याएको छ ।

नकारात्मक भुमिका नै भएपनि दर्शकले मन पराएपछी कलाकार यसै सफल भैहाले । र, यो सफलताको पछाडी सरीता निर्देशकलाई मान्छिन् । उनले आफ्नो तरिकाले मेहनत गरे पनि समग्र मेहनत लेखक,निर्देशक तथा निर्माता समेत रहेका रामचन्द्र बोहराको रहेको भन्छिन् । हुन त् निर्देशकले नै हो हरेक चरित्र र कथालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने ।