काठमाडौं : पछिल्लो समयको ब्यस्त म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर सुरेन्द्र बसेलले सम्मान प्राप्त गर्नुभएको छ । जीवन्त नेपाल म्युजिक अवार्डको दोस्रो संस्करणमा उहाँले राष्ट्रिय कला बिधाबाट सम्मान प्राप्त गर्नुभएको हो ।
“२०४५ साल ०९ महिना ०३ गते बुबा मनोज बसेल र आमा सुकुमाया बसेलको एक मात्र सुपुत्रको रुपमा काठमाडौं जिल्ला, नागर्जुन नगरपालिका वडा न ०५ मा जन्मनु भएको बसेल २०६५ सालदेखि नेपाली सिनेमा तथा म्युजिक भिडियोमा सक्रिय एवम् यो क्षेत्रमा लोकप्रिय हुनुहुन्छ।
‘एउटा साथी’ सिनेमाबाट कलाकारितामा डेब्यु र ‘कान्छी मट्याङ्ग्ट्याङ्ग’बाट कोरियोग्राफीमा सुरुवात गरेर आजको दिनसम्म विभिन्न सिनेमा तथा म्युजिक भिडियो गरि ४०० भन्दा माथी बसेलले कामको अनुभव लिईसकेको छ । सानै उमेरमा त्यस प्रकारका कलात्मक कार्यहरु गरेर बसेल नेपाली दर्शकमाझ प्रख्यात हुनुहुन्छ ।
बसेलले नेपाली सिनेमा तथा म्युजिक भिडियो क्षेत्रमा अझ महत्त्वपुर्ण योगदान पुर्याउनु छ, यही योगदानको उच्च मुल्यकान गर्दै अग्लेश्वरी हिल्स बिकास कोषद्वारा अयोजीत दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड २०८० मा बसेललाई अग्लेश्वोरी हिल्स जीबन्त राष्ट्रिय कला सम्मान २०८० बाट सम्मान गरिएको हो ।”
उक्त समारोह संस्कृति तथा पर्यटन उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा शनिबार राष्ट्रिय नाचघर जमलमा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, सिनेमा, पर्वजस्ता विभिन्न विधाका सर्जकलाई अवार्ड तथा सम्मान वितरण गरिएको थियो ।