काठमाडौं : महाशिवरात्रीको दिन अर्थात आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमा ‘रङ्गेली’मा नायक सौगात मल्ललाई पनि भित्र्याउने तयारी रहेको छ ।
प्रचारकै क्रममा रहेको सिनेमाको अझै पनि केही छाँयाकन बाकीँ रहेको छ । त्यसका लागि निर्माण टिमले अभिनेता सौगात मल्ललाई कुरिरहेको स्रोत बताउँछ । तर, उनको व्यस्तताका कारण छायांकन जुरेको छैन ।
सिनेमामा सौगातलाई केमियो भूमिकामा प्रस्तुत गर्न लागिएको जानकारी प्राप्त छ । ग्याङस्टार कथामा आधारित रहेको सिनेमामा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको ‘रङ्गेली’को कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् भने सह-निर्मातामा युवक कार्की र शिव शंकर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् ।