Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सबै चलेका अनुहारको पछि लागेका छन् : दीपक श्रेष्ठ

काठमाडौं : दीपक श्रेष्ठ निर्देशित २७ औँ सिनेमा ‘पर्खी बसेँ तिमीलाई’ यही पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो सिनेमामा नयाँ कलाकार अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको मुख्य भूमिका छ ।

सिनेमा ‘पर्खी बसेँ तिमीलाई’को प्रदर्शन लगायत विभिन्न पक्षको जानकारी दिन शनिबार राजधानीमा कार्यक्रम राखिएको थियो । कार्यक्रममा बोल्दै निर्देशक दीपक श्रेष्ठले पछिल्लो समय सिनेमा निर्माण भन्दा पनि प्रदर्शन र प्रचार गाह्रो भएको बताउनुभएको छ । साथै नयाँ पात्र भनेपछि बेच्नै गार्हो, सिनेमा चलाउनै गार्हो अझ भनौ पोष्टर टास्नै गार्हो भन्दै गुनासो पोखे ।

‘सिने क्षेत्रमा कसको कति योगदान छ । कसले कस्तो सिनेमा बनाउँछ । केही मतलब छैन । कसैको योगदानको कदर छैन’, श्रेष्ठले भन्नुभयो, ‘सबै चलेका अनुहारको पछि लागेका छन् । किन र केका लागि मैले बुझ्न सकिन ।’

रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको सिनेमामा नव कलाकार रक्षा र किरणका अलावा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमामा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ ।