Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘चित्रा’को ट्रेलर : एक्सन र पारिवारिक कथाको समिश्रण

काठमाडौं : सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको सिनेमा ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको २ मिनेट ५९ सेकेन्ड लामो ट्रेलरले दर्शकमा कौतुहलता जगाउने सक्ने देखिन्छ ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’लाई सम्भावना बोकेको सिनेमाको रुपमा पनि हेरिएको छ । यही सिनेमाबाट सन्तोषले नेपाली रजतपटमा अभिनेताको रुपमा डेब्यू गर्दैछन् । घनश्याम लामिछाने निर्देशित सिनेमाको निर्माता आशिष थापा मगर हुन् भने स्वयम् अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ ।

सिनेमामा सन्तोष अधिकारीको अलावा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

महेश पौडेलले छायांकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिष शाह र सन्देश शाह छन् । सिनेमामा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । सोनाली शिल्पकारको मेकअप रहेको सिनेमामा असिम थापाको ड्रोन, विजय बस्यालको पोष्टर डिजाइन छ । सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।