Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘तिम्रो मनमा लुकेको कुरा’ : चर्चित गीतको ब्याज खाने असफल प्रयास

काठमाडौं : मान्छे बिकाउ भए । ती नै बिकाउ मान्छेले बनाउने सिर्जनामा कला कम र बिकाउपन ज्यादा हुन थालेको छ । सुर न बेसुरका गीत र सिनेमाका एक पछि अर्को अनि अर्को गरि बन्ने सिरिज र सिक्वेल बिकाउ सिर्जनाका उदाहरण बाहेक केही होइनन् ।

त्यस्तै ‘चिनो’ सिनेमाको कर्णप्रिय गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक भर्जन सार्वजनिक भएको छ ।
राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । ३३ बर्ष अघि सार्वजनिक गीतमा गायक नारायण गोपाल र गायिका आशा भोष्लेको स्वर सुन्न सकिन्छ । गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ ।

रिमेक भर्सनमा भने गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर रहेको छ। तर यो रिमेक भर्जन पनि कलाको बिक्री बाहेक केही नभएको स्पस्टै हुन्छ । म्युजिक भिडियोलाई सिनेमाटिक बनाउने खोक्रो प्रयास यो भिडियोमा नै गरिएको छ । तर न त डाइलग नेचुरल लाग्छन् न अभिनय नै । खोलाको किनारामा पछ्यौरी समाउदै नाचेको, बिस्तारामा घोप्टो परेर रोएको र घर देखि जङ्गल सम्मको दुरी दौडेर तय गरेको जस्ता अति नै क्लिचे दृश्यले भिडियो लाई चर्चित गीतको ब्याज खाने असफल प्रयास बाहेक केही बनाएको छैन् ।

भिडियो यति तल्लो स्तरको बनेको छ कि मानिसले गीतमा भरिएको नया स्वर त सुन्नै खोज्दैनन् । समग्रमा यो पुरानो राम्रो गीतको “सत्यानास” बाहेक केही होइन ।
सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्।