काठमाडौं
माया के मा हुन्छ ? सानो सानो खुशी, दुख, साथ, सहयोग यस्तै कुरामा माया हुन्छ । र सम्बन्ध बलियो हुँदै जान्छ । अझ भनौ सम्बन्धको मिठास नै साथमा बसेको हुन्छ । उपहार भनेकै साथ रहनु हुन्छ ।
पछिल्लो पुस्तामा धेरै संगीत सर्जक आएका छन । सबैका भिन्न भिन्न प्याट्रन छन । आफ्ना आफ्ना प्राकृतिका संगीत सिर्जना गरेका पनि छन । यो भिडमा एक यस्तो नाम छ जसलाई हामी “माया गर्न सिकाउने मान्छे” को नाम दिन सक्छौ । “स्वप्न सुमन” त्यो नाम बनेको छ जसले अहिलेका पुस्तालाई माया गर्न सिकाएका छन । तिम्रो आखा, बाचा भयो, जे छौ जस्तो छौ, मायालु लगायत गीतलाई नै हेरौ सबैले माया नै माया बाढ्न सिकाएका छन । बाचा भयो गीत त अहिले नव विवाहित जोडीको भिडियो बन्दै गर्दा जोडिने सबै भन्दा चर्चित गीत बनेको छ ।
उनै सुमनले नया गीत ‘उपहार’ ल्याएका छन । भन्न सहज छ, आमा बुबाको राम्रो सम्बन्धले सन्तान राम्रो बन्छ भनेर । आमा बुबाको माया देखेर सन्तानले माया गर्न सिक्छ भनेर । तर ब्यवहारमा कसरी असर गरिरहेको हुन्छ ? यसको जवाफ पनि हो ‘उपहार’ । त्यति मात्र होइन । विवाह पछि प्रेम मुर्झाउछ भनेर सोच्ने जमातलाई गलत सावित गर्ने कडी पनि हो ?
जोडीको साथ कहिले सम्म ? को जवाफ सात जुनी या अनन्त सम्म भनिन्छ नि हो यही प्रेम देख्न सकिन्छ ‘उपहार’मा । विशाल पहारी र रश्मी भट्ट दुबै अब्बल कलाकार हुन । यी कलाकारलाई लिन सक्ने खुबी बनाउनु सुमनको सफलता हो । यी दुईको अभिनय र स्वप्नकि श्रीमती समेत रहेकी ज्योत्स्ना योगीको कन्सेप्ट र निर्देशन भिडियो हेर्न लायक बनेको छ । भिडियोमा रक्षित दाहाल र रजित खड्का लाई पनि देख्न सकिन्छ । समग्रमा ‘उपहार’ले अमर माया देखाउदै माया गर्न सिकाएको छ ।