काठमाडौं
आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको सिनेमा ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । सिनेमाका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत, निर्देशक टेक पौरखी राई र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।
कार्यक्रममा केकी र सलोनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्ज्वल बनाउन कामना गरे । उनीहरुले आफूहरुको सिनेमाले दर्शकलाई नयाँ सन्देश दिने भन्दै सिनेमा हेरिदिन आग्रह समेत गरेका थिए । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेतले उनीहरुले शिक्षाका लागि परिचित जेभियरमा पुगेर सिनेमाको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए ।