Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राधा भन्दै नागिन बन्दिने सारिका जी ?

काठमाडौं
हिन्दु सनातन धर्मलाई धर्म भन्दा धेरै सस्कार मान्ने प्रचलन छ । त्यसैले पनि अन्य धर्म भन्दा हिन्दु धर्ममा लचकता धेरै देख्न पाईन्छ । अन्य धर्मको अतिबादी व्यवहार भन्दा भिन्न हिन्दु धर्ममा माफ गर्दिने प्रचलन ज्यादा छ ।

हिन्दु धर्ममा भगवान राधाकृष्णको आफ्नै महिमा छ । यी दुईलाई प्रेमको प्रतीक मानिन्छ । भलै कृष्ण विवाहित थिए राधा उनकी प्रेमिका मात्रै थिइन तर पनि हर मन्दिरमा पूजा राधा कृष्ण कै हुन्छ ।
धर्मको लचकतालाई अहिले भने सर्जकले सिर्जनाको नाममा आतंक मच्चाउन थालेका छन । “जे पनि गरिदिन मिल्छ” भन्ने व्यवहार गरेको देख्न पाइन्छ ।

“कलियुगकी राधा” यो गीत पनि यही धारणा सहित सनातन धर्म र आस्था प्रती प्रहार गरिएको गीत भन्न सकिन्छ । “म हु कलियुगकि राधा, हुदिन कृष्ण बिना आधा” पटक पटक दोहोरिने यो लाइनलाई न त गीतका न लाइनले पुष्टि गरेकी छ, न त यसको जवाफ भिडियो मै पाइन्छ । राधा शिर्षक दिइएको छ गीतमा तर हामीले सुनेकी राधाको झै नृत्य पटक्कै देखिदैन । बरु नागिन नाच झै गायिका तथा मोडल सारिका घिमिर बटारिएकी छन । उनको नसुहाएको उक्त नृत्यकै क्रममा शरीर चुट्टिएर पर पुग्ला भन्ने चिन्ता पो बढेको छ ।

सारिकाको अभिनय र नृत्य दुबै राम्रो छ । भलै उनी स्थपित हुन संघर्ष गरिनै रहेकी छन । तर जम्ने बहानामा भाइरल हुने उनको प्रयासलाई दर्शकले नाई भनिदिने सम्भावना अधिक छ । खुलेर भन्दा, सारिका जी चिनिन भाइरल हुने यो हर्कत पुर्ण तया असफल छ । सारिका आफैले लेखेको गाएको र अभिनय गरेको यो भिडियो उनका हाल सम्मका गीत मध्य कै कमजोर गीत हो ।

सारिकालाई संगीतमा योगेश काजी शाह र निर्देशनमा गम्भीर बिस्ट तथा कोरियोग्राफीमा सुमन बोहोरा ब्रेभले साथ दिएका छन ।
सारिका आफैमा अब्बल नाम हो । तर यसरी धर्म माथिको मजाक र भिडियो निर्माणमा यो लापर्वाहीलाई भने दर्शकले पक्कै सकारात्मक रुपमा लिने छैनन ।