काठमाडौं : ब्राण्ड यु पिक्चर्स प्रा.ली. तथा तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुती रहेको दुर्गा केसीले निर्माण गरेको टेलिश्रृङखला ‘अव जे होला होला’ को ५२ औं भाग पुरा गरेको उपलक्ष्यमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ), विशेष अतिथिमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, ग्लोबल टेलिभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठ रहनुभएको थियो।
आयोजक संस्थाका अध्यक्ष उत्तम केसी नेपालको सभापतित्वमा आयोजीत कार्यक्रम ‘तारकेश्वर राष्ट्रिय व्यक्तित्व तथा कलाकार सर्जक सम्मान समारोह २०७९’ गत फागुन ३ गते उपराष्ट्रपति कार्यालयमा भव्य रुपमा सम्पन्न भएको हो।
उक्त अवसरमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले नेपाली चलचित्र क्षेत्रका प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंह, विशिष्ठ कलाकार निर्देशक लय संगौला, विशिष्ठ डिजाइनर सुन्दर श्रेष्ठ, विशिष्ठ कलाकार निर्देशक मोहन निरौलालाई ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित गर्नुभएको छ ।
सोहि अवसरमा ‘विषेश कला सम्मान’ द्वारा निम्न अनुसार सिने क्षेत्रका प्रतिष्ठित कलाकर्मी तथा समाजसेवी व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, जनपक्षिय सिनेकर्मी संघका अध्यक्ष– सञ्चारकर्मी दिनेश डि. सी., विशिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत, नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष प्रेम भोम्जन पुष्कर लामा, बरिष्ठ लोक गायक ध्रुब राज खडका, बरिष्ठ कलाकार सुभाष प्रसाद गजुरेल, प्रकाश विक्रम थापा, ध्रुबतारा बुढाथोकी, कलाकार–निर्देशक सोभित बस्नेत, सञ्चारकर्मी अशोक कुमार बस्नेत, कृष्ण भुषाल, गीता अधिकारी, कुबेर गिरी लगायतलाई कला सम्मान गरिएको थियो।
समारोहमा सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । ‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्य समाज निर्माणका लागि चलचित्रले महत्वपुर्ण भूमिका खेल्छ’ उनले भने ‘भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकासमा चलचित्र क्षेत्रको योगदान अतुलनिय छ ।’
ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का लेखक–निर्देशक कलाकार उत्तम केसी हुनुहुन्छ भने श्रृङ्खला निर्देशक उत्सव के. सी. हुनुहुन्छ ।
टेलिश्रृंखला ‘अव जे होला होला’ को सफलताको खुसी सबै माझ बाँड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम सफल र सम्पन्न गर्न सहयोग गर्ने उपराष्ट्रपति कार्यलयका कर्मचारी, सुरक्षा निकायका सदस्यहरु, स्वकिय सचिव सुक बहादुर रोका मगर सरद, प्रेस संयोजक मनोज घर्ती मगर लगायत सम्पुर्ण सञ्चार कर्मी तथा सहयोगी हातहरुलाई आयोजकले धन्यवाद दिएको थियो।